सामसङ विन्टर स्किम योजना : १५ जनाले जिते सुनको सिक्का
काठमाडौँ । सामसङ मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ देखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ । जुन उपहार योजनाअन्तर्गत प्रत्येक दिन तीन जना ग्राहकले पाँच ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको पहिलो लक्की ड्र मंगलबार सम्पन्न भएको थियो । उक्त लक्की ड्रमा यही नोभेम्बर १ तारिखदेखि ५ तारिखसम्मको अवधिलाई समेटिएको छ ।
उपहार योजनामा सहभागी हुन उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्ने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनुपर्ने व्यवस्था गरिएको छ । पहिलो लक्की ड्रमा यही १ देखि ५ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ । लक्की ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधानअनुसार उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो । अब बाँकी चार हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ । पहिलो लक्की ड्रमा १५ जना भाग्यशाली विजेताले पाँच ग्राम सुनको सिक्का प्राप्त गरेका छन् ।
विजेताहरुको सिरियल नम्बर सामसङको फेसबुक पेजमा प्रकाशित गरिएको कम्पनीले जनाएको छ । उनीहरुलाई सात दिनभित्र आवश्यक कागजातसहित आफ्नो उपहार दाबी गर्न आउन पनि कम्पनीले आग्रह गरेको छ । पाँच ग्राम सुनको सिक्का जित्ने अवसर यही नोभेम्बर ३० सम्म कायमै रहेकोले सामसङ मोबाइल वा ट्याब खरिद गरी योजनामा सहभागिता जनाउन पनि कम्पनीले आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया