Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतोशिबा अब तीन कम्पनी बन्ने

तोशिबा अब तीन कम्पनी बन्ने


टोक्यो । चर्चित कम्पनी तोशिबा अब तीनवटा कम्पनीमा विस्तार हुने भएको छ । सन् २०२३ को सुरुसम्ममा कम्पनी तीनवटामा रुपान्तरण हुने मंगलबार सार्वजनिक एक रिपोर्टमा जनाइएको एएफपीले जनाएको छ ।

कम्पनीमा शृंखलाबद्ध रुपमा झमेलामा परेको कम्पनी तीनवटा बनेपछि पूर्वाधार, डिभाइस र सेमिकन्डक्टर मेमोरीको छुट्टाछुट्टै युनिट बन्नेछ । त्यसपपछि दुई वर्षभित्र सूचीकृत हुने अपेक्षा गरिएको छ । यद्यपि कम्पनीले भने यसबारे विचार गरिए पनि निर्णय नभइसकेको दाबी गरेको छ । आगामी शुक्रबारसम्ममा यसबारे घोषणा हुनसक्नेछ । शुक्रबार कम्पनीले आयव्ययको विवरण र आफ्नो नयाँ मध्यावधि व्यावसायिक योजना सार्वजनिक गर्दै छ ।

‘हामी हाम्रो व्यावसायिक मूल्यअभिवृद्धि, व्यावसायिक विभाजनको योजनासहित मध्यावधि व्यवसाय योजनाको मस्यौदा बनाइरहेका छौँ, तर अहिलेसम्म यसबारे निर्णयमा पुगिसकेका भने छैनौँ’, तोसिबाका प्रवक्ता तातसुरो ओइसीले भने, ‘निर्णयमा पुगेलगत्तै यसको घोषणा गर्नेछौँ, यो त सार्वजनिक हुनैपर्छ ।’
कुनै बेला यो कम्पनी जापानको विकसित प्रविधि र आर्थिक शक्तिको परिचायक बनेको थियो ।

गत जुन महिनामा कम्पनीका सेयरसदस्यहरुले शृंखलाबद्ध रुपमा काण्डमा मुछिएका सञ्चालकलाई बहिर्गमन गर्ने पक्षमा मतदान गरेका थिए । योसँगै तोसिबाभित्रका केही आन्तरिक तथ्यहरु सार्वजनिक भएका थिए । एउटा अनुसन्धानात्मक प्रतिवेदनले कम्पनीले बोर्ड मतदान टार्न कसरी अर्थ, व्यापार र उद्योग मन्त्रालयबाट हस्तक्षेप गराएको थियो भन्ने खुलासा गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया