छ महिनामा पर्यटकबाट झण्डै पाँच करोड राजस्व संकलन
महेन्द्र शाही
सोलुखुम्बु, माघ १७
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २४ हजार बढी विदेशी पर्यटकले खुम्बुको भ्रमण गरेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा २४ हजार सात सय ५२ जना विदेशी पर्यटक खुम्बु भित्रिएको खुम्बु पासङल्हामु गाउँपालिका ३ स्थित टोकटोक चेकपोष्टले जनाएको छ । ६ महिनाको अवधिमा आएका पर्यटकबाट चार करोड ९४ लाख ५२ हजार रूपैयाँ राजस्व सकंलन भएको छ ।
चेकपोष्टका कर्मचारी ङवाङ शेर्पाका अनुसार साउनमा पाँच सय ५४ जना, भदौमा एक हजार तीन सय सात जना र असोजमा सात हजार पाँच सय ३१ जनाले भ्रमण गरेका छन् । त्यसैगरी कात्तिक महिनामा नौ हजार आठ सय ९० जना पर्यटक भित्रिएका छन् । मंसिरमा तीन हजार आठ सय ८७ जना र पुसमा एक हजार सात सय ७७ जना विदेशीले खुम्बु क्षेत्रको भ्रमण गरेको गाउँपालिकाको तथ्याकंमा उल्लेख छ ।
मुख्य सिजन भएकाले कात्तिक महिनामा सबैभन्दा बढी नौ हजार आठ सय ९० जनाले भ्रमण गरेका छन् । खुम्बु भ्रमण गर्ने पर्यटकमध्ये धेरैजसो अष्ट्रेलियन र अमेरिकन नागरिक रहेका छन् भने सबैभन्दा कम साइप्रसका नागरिक रहेको चेकपोष्टका कर्मचारी शेर्पाले बताए । खुम्बु पासङल्हमु गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा पर्यटन प्रवेश शुल्कबाट भण्डै छ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।
गाउँपालिकाले वडा नम्बर ३ टोकटोक र वडा नम्बर २ लुक्लामा खडा गरेको चेकपोष्टबाट साउनदेखि पुस मसान्तसम्म चार करोड ९४ लाख ५२ हजार रूपैयाँ सकंलन गर्न सफल भएको गाउँपालिकाको कार्यालय नाचिपाङ सोलुखुम्बुले जनाएको छ । उक्त रकम गाउँपालिकाको बंैक खातामा जम्मा भएकोे छ । पालिकाले दुई स्थानमा राखेको राजस्व सङ्कलन केन्द्रबाट प्रतिपर्यटक दुई हजार रूपैयाँका दरले प्रवेश शुल्क लिँदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया