Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहेली ‘रेस्क्यु’मा नर्भिक आक्रामक बन्दै

हेली ‘रेस्क्यु’मा नर्भिक आक्रामक बन्दै


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल अन्तर्राष्ट्रियस्तरको ‘हेली रेस्क्यु’को सेवा प्रवाहमा आक्रामक बनेको छ ।

विशेषज्ञ चिकित्सकहरुसहितको अनुभवी स्वास्थ्यकर्मीहरुको टिम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकोप्टरबाट बिरामीहरुको उद्धार (रेस्क्यु)को सेवा प्रवाहमा नर्भिक आक्रामक बनेको हो । गुणस्तरीय सेवाकै कारण पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरुको रोजाइमा नर्भिकको हेली रेस्क्यु सेवा पर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।

नर्भिकले आफ्नो अस्पतालका लागि मात्र नभई बिरामीहरुको आवश्यकताअनुसार अरु अस्पतालका लागि पनि हेली रेस्क्युको सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए । ‘कन्सलट्यान्ट डाक्टर, भेन्टिलेटर र अन्य अत्याधुनिक मेडिकल उपकरणसहितको हेली रेस्क्युको अन्तर्राष्ट्रियस्तरको सेवा नर्भिकले प्रवाह गरिरहेको छ । यसलाई हामी अझ आक्रामक रुपमा अगाडि बढाउने निर्णयमा पुगेका छौं,’ उनले भने, ‘आफ्नै हेलिप्याड नभए पनि गुणस्तरीय हेली रेस्क्यु सेवा प्रवाह गरेर हामीले समस्यामा परेका बिरामीहरुको सेवा गरिरहेका छौँ । यो सेवालाई अझ आक्रामक रुपमा विस्तार गर्दै लगिनेछ ।’

कोरोना भाइरस नियन्त्रणका लागि भएको लकडाउनको अवधिमा समेत नर्भिकले विभिन्न दुर्गम ठाउँबाट समस्यामा परेका सयौँ गम्भीर बिरामीहरुलाई हेलिकोप्टरबाट उद्धार गरेको थियो । कन्सलट्यान्टसहितको उद्धार कार्यमा ध्यान दिएका कारण पछिल्लो समय नर्भिकको हेली रेस्क्युको माग समेत ह्वात्तै बढेको मिश्र बताउँछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया