Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचैनपुर दुर्गन्धित बनेपछि घर–घरमा डस्टबिन

चैनपुर दुर्गन्धित बनेपछि घर–घरमा डस्टबिन


आशिषबहादुर सिंह
बझाङ, माघ २२
सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालिका दिनानुदिन फोहोर र दुर्गन्धित बनेपछि घरदैलोमा डस्टबिन वितरण गरिएको छ । नगरपालिकालाई स्वच्छ र सफा राख्नका लागि भन्दै नगरपालिकाले दैनिक बिहान घरदैलोमा पुगेर सफा गर्न अनुरोधसहित सरसफाइलाई ध्यान दिएको छ । २०७६ को मंसिर महिनामा मात्रै जयपृथ्वी नगरपालिकाले प्रत्येक टोल टोलमा पुगेर सरसफाई गर्ने उद्देश्यका साथ स्थानीय बासिन्दाको उपस्थितिमा प्रत्यक टोल तथा गल्लीहरूमा सरसफाइ समिति गठन गरेको थियो । सदरमुकाम चैनपुरमा ३१ वटा समिति, भोपुर बजारमा र सिमखेत बजारमा एक–एक समिती गरेर ३४ वटा सरसफाइ समिति गठन गरिएका छन् ।

समितिलाई सक्रिय पार्नका लागि मंसिरको अन्तिम सातमा जयपृथ्वी नगरपालिकाले दुई लाख ८० हजार मूल्यबराबरका एक सय ७० वटा प्लाष्टिकका डस्टबिन बजारभरि वितरण गरेको जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले बताइन् । प्रत्येक समूहलाई पाँच डस्टबिनका हिसाबले ३४ वटा समूहलाई वितरण गरेको हो । अहिले बजारमा राखिएका अधिकांश ठाँउका डस्टबिनहरूलाई स्थानीय सबैलै प्रयोग गरी फोहोरलाई व्यवस्थापन गर्न नगरपालिकाले आग्रह गरेको छ ।

कतिपय ठाउँहरूमा नगरपालिकाको फोहोर उठाउने टिप्पर गल्लीमा नपुग्ने भएका कारण डस्टबिनहरू फोहोरले भरिएका छन् भन्ने गुनासो आएपछि यसलाई छिटोभन्दा छिटो समाधान गर्न नगरपालिका लागिपरेको मेयर बिरेन्द्र खड्काले बताए । साथै राम्रो नहरसमेत नभएका कारण पानि जथाभावि पानी बग्ने र सबै प्लास्टिक भान्छा तथा कोठाबाट निस्केका फाहोर उक्त खोलामा नै फालिने गरेका कारण नगरपालिका दुर्गन्धित बनेको हुँदा यसलाई छिटो समधान गर्न स्थानीयको माग रहेको छ । जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल शाहीले नगरपालिका सबै नगरवासीको भएका कारण यसमा सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया