राणा परिवारद्वारा मीनकुमारी ट्रस्ट स्थापना
काठमाडौं । भक्तपुर बालकोट निवासी मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले एक ट्रष्ट निर्माण गरेको छ । पति कोमलविक्रम राणा संरक्षक तथा छोराहरु कबिर राणा र रवि राणाका साथै नाति विक्रान्त विक्रम राणा सञ्चालक रहने गरी ट्रष्ट स्थापना गरिएको परिवारले जनाएको छ ।
मीनकुमारीको निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा राणा परिवारले ट्रष्ट निर्माण गरेको जनाउँदै ट्रष्टले पत्रकारिता, खेलकुद र समाजसेवामा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई वर्षेनी पुरस्कृत गर्ने र भक्तपुरका विपन्न तथा अशक्त र जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्ने बताइएको छ ।
ट्रष्टले त्यसका लागि ३१ लाख ११ हजार एक सय ११ रुपैयाँका अक्षयकोषको स्थापना गरेको छ । उक्त अक्षयकोषमा रहेको रकमको ब्याजबाट आउने रकम पुरस्कार तथा समाजसेवामा खर्च गरिने मीनकुमारीका छोरा एवं देशान्तर मिडिया ग्रुप प्रालिका कार्यकारी अध्यक्ष कबिर राणाले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया