श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
कोलम्बो । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा इन्धनको मूल्य आकाशिएको छ । मंगलबार पेट्रोलको मूल्यमा २४.३ प्रतिशत र डिजेलको मूल्यमा ३८.४ प्रतिशत वृद्धि भएको हो ।
श्रीलंकाको विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएको छ । गम्भीर आर्थिक संकटको अवस्था पैदा भएको छ । सोही कारण इन्धनको मूल्य बढेको हो । पछिल्लो मूल्यवृद्धिसँगै श्रीलंकामा पेट्रोल लिटरको चार सय २० रुपैयाँ पुगेको छ भने डिजेल चार सय रुपैयाँको नजिक पुगेको छ । यति हुँदाहुँदै पनि भारतमा भन्दा श्रीलंकामा इन्धनको मूल्य अझै सस्तो रहेको छ ।
श्रीलंकाको विदेशी मुद्रा सञ्चिति अहिले लगभग सकिइसकेको छ । यसबाट त्यहाँ खाद्य र पेय पदार्थ, इन्धनको मूल्य आकाशिएको छ । उसले अन्तर्राष्ट्रिय मुद्रा कोषससँग तीनदेखि चार अर्ब डलरको जमानत खोजिरहेको छ । पछिल्लो हप्तामात्रै श्रीलंका ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको थियो । यतिमात्र नभई त्यहाँको सेयरबजारमा भारी गिरावट आएपछि पाँच दिन बजार नै बन्द गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया