नयाँ दिल्ली । विश्वकै ठूलो भारत सरकारको स्वामित्व रहेको कम्पनी कोल इन्डियाले इन्धन आयात गर्ने भएको छ । यो कम्पनी आफैँमा विश्वकै ठूलो कोल माइनर (कोइला उत्पादक) हो ।
भारतको ऊर्जा मन्त्रालयले लेखेको पत्रमार्फत यसबारे खुलेको हो । भारतमा अहिले ऊर्जा संकट गहिरिएको छ । सन् २०१५ यता पहिलोपटक कोल इन्डियाले इन्धन आयात गर्ने भएको हो । गत अप्रिल महिनामा भारतमा छ वर्षयताकै ऊर्जा संकट गहिरिएको हो ।
‘कोल इन्डियाले सरकार–सरकार सम्झौतमा इन्धन आयात गर्नलागेको हो । कम्पनीले राज्यका जेनेरेटरको थर्मल पावर प्लान्टहरु र स्वतन्त्र ऊर्जा उत्पादकहरुलाई ऊर्जा आपूर्ति गर्छ’, संघीय ऊर्जा मन्त्रालयले मे २८ को मितिमा लेखेको पत्रमा भनिएको छ ।
उक्त पत्र सबै सम्बन्धित क्षेत्र, उच्च संघीय तथा राज्य अधिकारी, कोइला सचिव र कोल इन्डियाका प्रमुखलाई पठाइएको बताइएको छ । सन् २०२२ को तेस्रो त्रैमासिकमा भारतमा झन् ठूलो ऊर्जा संकट आउने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया