Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैतेश्वरको नाम्दु–पाँडुडाँडा सडक कालोपत्रे हुने

बैतेश्वरको नाम्दु–पाँडुडाँडा सडक कालोपत्रे हुने


दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाको मुख्य केन्द्र जोड्ने नाम्दु बजारदेखि पाँडुडाँडासम्मको सडक कालोपत्रे गर्ने भएको छ । गाउँपालिका पहिलो कार्यपालिका बैठकमा पहिलो योजनाको रूपमा नाम्दुदेखि पाँडुडाँडासम्मको साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष छबि लामाले जानकारी दिए । लामाका अनुसार आगामी आर्थिक वर्षको साउन वा भदौदेखि नै सो सडक कालोपत्रे गर्न ठेक्कामार्फत टेन्डर आह्वान गरिनेछ ।

गाउँपालिकाको अनुदानमा थप अनुदान माग गरेर प्रदेश र संघीय सरकारसँग समन्वय गरेर गाउँपालिकादेखि सदरमुकाम आवतजावत हुने सो सडकको कालोपत्रे पहिलो चरण सुरु गरिनेछ । त्यस्तै गाउँपालिकाले दोस्रो महत्वपूर्ण निर्णयको रूपमा वैतेश्वरभित्रका नागरिकलाई राहत तथा सेवा दिने उद्देश्यले गाउँपालिकामा एक शव वाहनको व्यवस्थापन गर्ने जनाएको छ ।

प्राकृतिक प्रकोप तथा दुर्घटनामा मृत्यु भएकाहरूको लासलाई बोक्नको लागि गाउँपालिकामा शव वाहनको आवश्यकता रहेकोे भन्दै गाउँपालिका अध्यक्ष छबि लामाले सो सवारीको व्यवस्थापन गर्ने आफ्नो दोस्रो महत्वपूर्ण निर्णय भएको जानकारी दिए । त्यस्तै अध्यक्ष लामाले गाउँपालिकाको प्रमुख व्यापारी केन्द्रको रूपमा रहेको मैनापोखरी बजारलाई वैतेश्वर गाउँपालिकाले आधुनिक सहरको रूपमा विकास गर्ने योजना बनाएको बताए ।

२०७९ को निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकको निर्णय पुस्तिकामा हस्ताक्षर गर्दै अध्यक्ष लामाले पालिकाकै प्रमुख स्थानीय सहर मैनापोखरी बजारलाई थप व्यवस्थित गर्ने सीसी क्यामेरा जोड्न गरेर बजारमा हुने चोरी, झैझगडालगायतका नकारात्मक कार्य रोक्न सीसी क्यामेरा जोड्न गर्ने निर्णय भएको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया