Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्यान्सरको उपचार उपलब्ध छ’

‘नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्यान्सरको उपचार उपलब्ध छ’


काठमाडौं । नेपालमै क्यान्सरको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार उपलब्ध रहेको बताइएको छ । नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको राजधानीमा भएको पाँचौँ वार्षिकोत्सव उद्घाटन कार्यक्रममा सेन्टरका संस्थापक तथा कार्यकारी अध्यक्षसमेत रहेका क्यान्सरविज्ञ डा. सुदीप श्रेष्ठले क्यान्सर रोगीको लागि मुलुकमै अन्तर्राष्ट्रियस्तरको उपचार सेवा दिनसक्ने बताए ।

उनले त्यसकारण विदेशमा पुगेर महँगोमा क्यान्सर उपचार गर्न जानु नपर्ने बताए । नेपाल क्यान्सर हस्पिटल रिसर्चले नेपालमै कम पैसामा क्यान्सरको उपचार गर्न आफूहरु सफल भएको दाबी उनले गरे । नेपालको क्यान्सरको उपचार नेपालमा नै भन्ने नाराका साथ आफूहरुले नेपालमै कम पैसामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार सेवा प्रदान गर्दै आइरहेको जनाए । क्यान्सर उपचारमा सदैव साथ बिरामीको हातमा हाम्रो हात भन्ने भावनाका साथ आफूहरु बिरामीमा सेवामा दिनरात लागिरहेको उनको भनाइ थियो ।

वार्षिकोत्सवको उद्घाटन स्वास्थ्यसचिव डा. रोशन पोखरेलले गरेका थिए । त्यस अवसरमा अस्पतालमा आठ वर्षदेखि निरन्तर सेवा गरिरहेका तीन जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रमको क्रममा गीत, नृत्य प्रस्तुत गरी मनोरञ्जन पनि दिलाइएको थियो । कार्यक्रममा वार्षिकोत्सवको अवसरमा निकाल्दै आएको आशा स्मारिकाको पनि संयुक्त रुपमा विमोचन गरिएको थियो ।

नेपालमा सेन्टरका साथै भरतपुर क्यान्सर अस्पताल भरतपुर चितवन, भक्तपुर क्यान्सर अस्पताल दूधपाटी भक्तपुरलगायतका अस्पतालमा बढी प्रख्यात छन् । क्यान्सर उपचार नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन डा. श्रेष्ठकै अगुवाइमा ललितपुरको हरिसिद्धिमा ठूलो स्केलमा पछिल्लो पटक नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको थियो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया