रोमानिया पठाइदिने बहानामा ठगी गर्ने पक्राउ
काठमाडौं । रोमानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका —९ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने सिनामंगलमा रहेको प्रेष्टिज एचआर मेनपावरका सञ्चालक ४० वर्षीय छविलाल भट्टराई छन् ।
भटराईले हिमाल खनाल लगायतलाई रोमानिया पठाइदिन्छु, त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा आकर्षक जागिर लगाइदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम लिएपश्चात् सम्पर्कविहीन थिए ।
त्यसलगत्तै वैदेशिक रोजगार विभागबाट उनलाई पक्राउ गरी उपस्थित गराइदिन भनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरेपछि अपराध अनुसन्धान कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा बुधबार काठमाडौंको मीनभवनबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया