सिमेन्टमा ५० अर्ब लगानी गर्दै गौतम अदानी
नयाँ दिल्ली । विश्वकै चौथो धनी भारतीय अर्बपति गौतम अदानी सिमेन्ट कारोबारमा जोडिने भएका छन् । अम्बुजा सिमेन्ट्स र एसीसी सिमेन्ट खरिद गरेसँगै उनले अब एउटा सिमेन्ट युनिट खरिद गर्न लागेका हुन् ।
अदानी ग्रुपले ऋणमा डुबेको जयप्रकाश पावर भेन्चर्स लिमिटेडबाट उसको सिमेन्ट युनिट खरिद गर्न कुरा गरिरहेको नवभारत टाइम्सले जनाएको छ । बन्दरगाह, ऊर्जालगायतका क्षेत्रमा आफ्नो कारोबार फैलाएको ग्रुपले एक सिमेन्ट ग्रिन्डिङ युनिट र दोस्रो सानो सम्पत्ति खरिद गर्न चाहेको छ । यसका लागि ग्रुपले ५० अर्ब भारु खर्च गर्न तयार देखिएको छ ।
ब्लुमबर्गले पनि यसबारे उल्लेख गरेको छ । ग्रुपले मे महिनामा स्विटजरल्यान्डको होल्सिम लिमिटेडबाट अम्बुजा र एसीसी सिमेन्ट किनेको थियो । त्योसँगै अदानी रातारात भारतको दोस्रो ठूलो सिमेन्ट उत्पादक बनेको थियो । अहिले किन्न लागेको ग्रिन्डिङ फ्यासिलिटीबाट २० लाख टन वार्षिक सिमेन्ट उत्पादन गर्न सकिने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया