होलिलाई मर्यादित बनाउन ट्राफिक जाँचमा कडाइ
काठमाडौं । होली पर्वलाई मर्यादित बनाउन आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ ।
आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो । काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ । यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ ।
होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।
उनले इच्छाविपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्ने, लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लङ्घन गरी लापर्बाहीका साथ सवारी हाँक्नेलाई कारबाही गरिने राससलाई बताए ।
होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि उपत्यका ट्राफिक प्रहरीले थप सक्रियता जनाएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया