काठमाडौं,आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको खेलमा नेपाल बिजयी भएको छ । अध्यारो हुँदै जादा खेल डकवर्थ लेविस पद्धतिमा जादा नेपाल ९ रनले खेल जित्न सफर रर्यो । नेपाललाई खेल जिताउन चार जना ब्याटरहरुले अर्धशतक प्रहार गरेका थिए । कुशल भुर्तेल ५०, भिम सर्की ६७ ,आरिफ शेख ५२ र गुलशन झाले नटआउट ५० रन प्रहार गरे । त्यस बाहेक नेपालले ओपनर आसिफ शेखलाई शुन्य ,कुशल मल्ल ५, कप्तान रोहित पौडेल १६ रनमा आउट भएका थिए । दिपेन्द्र सिंह ऐरिले नटआउट १० रन बनाएका थिए ।
यसअघि संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो ।
युएईका लागि आसिफ खानले शतक प्रहार गरे । कूल ४२ बल खेलेका उनले ११ छक्का र चार चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गरे । यसैगरी युएईका अर्का खेलाडी भृत्य अरविन्दले ९४ रन जोडे । कूल १३८ बल खेलेका उनले दुई छक्का र आठ चौकाको मद्धतमा ९४ रनको योगदान दिएका हुन ।
त्यस्तै यूएईका कप्तान मोहम्मद वसीमले पनि अर्धशतक प्रहार गरे । उनले ४३ बलमा छ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । साथै रोहन मुस्तफाले २० रन र आर्यन लाक्राले छ रन बनाए । सिपी रिजवानले सात रन बनाए भने आयन अफजल खानले तीन रन जोडे ।
बलिङतर्फ नेपालका दीपेन्द्रसिह ऐरीले दुई विकेट लिए भने सन्दीप लामिछाने, ललित राजबंशी र सोमपाल कामीले समान एक/एक विकेट लिए ।
यस खेलमा नेपाल विजयी भएसँगै शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाएको छ । त्यस्तै, नेपाल बिजयी भएसँगै नामिबियाले विश्वकप छनोट खेल्ने अबसर गुमाएको छ ।
नेपाल लिग २ का ३६ मध्ये १९ मा जित र १५ मा हारसहित ४० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै चौथो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३६ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया