विपन्न परिवारलाई पिउने पानीको व्यावस्था
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ । इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनले खानेपानीको व्यवस्था गरेको हो । वडा १ को मस्लिम, पोखरीया तक्मा, बैद्यनाथपुर र शङ्करगञ्जका ७५, ३ को भक्तिपुर, खड्का र तीनघरे मगरटोलका ७५ र ९ को खुसीपुर, कुरैनियाँ, रामनगर र खोरियाटोलका ७५ विपन्न तथा गरिब घरपरिवारलाई चापाकलमार्फत शुद्ध पिउने पानीको व्यावस्था गरिएको उत्थानशील समुदाय निर्माण परियोजनाका परियोजना प्रमुख चिरञ्जीवी महतोले जानकारी दिए ।
जम्मा १५ वटा चापाकलमार्फत पिउने पानीको व्यवस्था गरिएको हो । नगरका यी तीन वडावासीले प्रयोग गर्दै आएको पिउने पानीमा आर्सेनिक मिसिएको साथै सोही पानी पिउनु पर्दा स्वास्थ्यमा विभिन्न किसिमका समस्या आएको गुनासो आएपछि नगरपालिकाले सिफारिस गरेर सेवा समाजले प्रतिचापाकल करिब रु. ८० हजार लगानी गरेर निःशुल्क खानेपानीको व्यावस्था गरेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले राससलाई जानकारी दिए ।
अहिले शुद्ध पिउने पानी आउने गरेको र आफूहरुले पहिला गाडेको कल चलाउन छाडेको ईश्वरपुर नगरपालिका–१ का रधुवीर सिंहले बताए । नगरपालिकाले सिफारिस गरेपछि आफूहरुले सोही क्षेत्रमा काम गरेको इस्लामिक रिलिफ नेपालको उत्थानशील समुदायको निर्माण परियोजनाका परियोजना प्रमुख महतोले बताए ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया