न्युयोर्कबाट आएकालाई यात्रामा प्रतिबन्ध
एजेन्सी ,अमेरीका १६
अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिँड्डुल गर्न प्रतिबन्ध लगाइएको छ । अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र साउथ क्यार्रो्लिना राज्यमा यस्तो व्यवस्था गरिएको हो । ती राज्यहरुले न्युयोर्कबाट आएकालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ । अमेरिकामा कोरोना भाइरसको केन्द्र जस्तै बनेको न्युयोर्कसँगै न्युजर्सी र सँगै जोडिएका अन्य ठाउबाट आएकालाई पनि घरमै बस्न आग्रह गरिएको अधिकारीहरुले बताएका छन् । यसरी हिँड्डुल गर्न प्रतिबन्ध लगाउने राज्य सरकारको निर्णयलाई कतिपयले भने सविधान विपरीत भएको टिप्पणी गरेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएका देशमा लकडाउन घोषणा गरिए पनि अमेरिकाले भने लकडाउनको निर्णय नगरेको तर केही राज्यले सेल्फक्वारेन्टाइनमा बस्न लगाउने व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरुको रेखदेख र विवरण संकलन सरकारी अधिकारीहरुले गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुको अनुसार कतिपय यात्रुहरुले स्वघोषणा गरेर सेल्फक्वारेन्टाइनमा बसेका छन भने,कतिपयलाई आग्रह गर्नुपरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया