एसएमएल आईसुजुको विशेष बचत प्याकेज सुरु
काठमाडौं, साउन २१
लक्ष्मी कमर्सियल भेहिकलको एसएमएल आईसुजुले एक नयाँ विशेष बचत प्याकेजको सुरुवात गरेको छ । यस विशेष प्याकेजमार्फत ग्राहकहरुले आम्दानी गर्नुअगावै बचत गर्ने मौका पाउनेछन् । आईसुजुको यस विशेष प्याकेजअन्तर्गत ग्राहकहरुले कमर्सियल भेहिकलको खरिद गर्दा पहिलो ६ महिना गाडी कर्जाको मासिक ब्याजसहितको किस्तामा शतप्रतिशत छुट पाउनेछन् ।
उक्त छुट यस प्याकेजमा आबद्ध बैंकमार्फत फाइनान्स गरिएका मोडेलहरुमा मात्र लागू हुने कम्पनीले जनाएको छ । यस प्याकेजमार्फत ग्राहकहरुले आफूले खरिद गरेको कमर्सियल भेहिकलबाट हुने आम्दानीअगावै बचत गर्न सक्नेछन् । यस्का साथै ग्राहकहरुले निःशुल्क १ वर्षको बीमा, निःशुल्क १ वर्षको सडक कर, सरल फाइनान्स, स्पट एक्सचेन्ज र ३ वर्षको वारेन्टी पाउनेछन् ।
लक्ष्मी कमर्सियल भेहिकल प्रालिले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक/निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्र्याइसकेको छ । यसमा एस७ सिरिज, स्ट्यान्डर्ड, एक्सक्लुसिभ एलएक्स कोचेस, इको म्याक्स मिनी बस, स्मार्ट जीएस सिरिज ट्रक एण्ड टिप्पर र फोरह्विल गाडीहरु समावेश छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया