Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसाना उद्यमलाई प्रवर्द्धन गर्न बंगलादेशलाई एडीबीको १५ करोड डलर ऋण

साना उद्यमलाई प्रवर्द्धन गर्न बंगलादेशलाई एडीबीको १५ करोड डलर ऋण


ढाका । एसियाली विकास बैंकले बंगलादेशलाई १५ करोड ऋण सहायता प्रदान गर्ने भएको छ । एडीबीले घरेलु तथा साना उद्यमलाई लगानी गरी रोजगारी सिर्जना गर्न उक्त सहयोग प्रदान गरिएको द डेली स्टार अनलाइनले जनाएको छ ।

एडीबीले दिने उक्त सहयोग बंगलादेश बैंकले पाउनेछ । केन्द्रीय बैंकले त्यसलाई वित्तीय संस्थाहरुलाई सापटीस्वरुप प्रदान गर्नेछ भने उक्त रकमले ३० हजार उद्यम प्रभावित हुने बताइएको छ । यो परियोजनाअनुसार कम्तीमा पनि ४५ हजार जनाले सन् २०२५ को डिसेम्बरसम्म रोजगारी पाउनेछन् । उक्त रकमको २० प्रतिशत भने महिला सञ्चालित व्यवसायले पाउनेछन् ।

कोरोना महामारीको चपेटामा परेका यी उद्यमलाई एडीबीको ऋण सहायताले सहयोग गर्नेछ । कोरोनाको असरलाई न्यूनीकरण गर्न ‘सपोर्टिङ पोस्ट कोभिड १९ स्मल स्केल इम्प्लोयमेन्ट क्रिएसन परियोजनाअन्तर्गत उपलब्ध गराइएको हो । युवा, ग्रामीण क्षेत्रका उद्यमी, प्रवासबाट फर्किएका कामदार/महिलालगायतले सञ्चालन गरेको व्यवसायलाई यो सहयोग रकम खर्च हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x