पुटिनको सेना परिचालनको निर्देशनसँगै रूसबाट बाहिरिनेको भीड बढ्यो
मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगको आंशिक खाका प्रस्तुत गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको संख्यामा ह्वात्तै वृद्धि देखिएको छ । यस साता रुसबाट बाहिरिने उडानहरू लगभग पूर्ण रूपमा बुकिङ भएको एयरलाइन र ट्राभल एजेन्टको तथ्यांकले देखाएको छ ।
पुटिनले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले रूसले सुरुमा करिब तीन लाख जगेडा सैनिकलाई परिचालन गर्ने बताएका छन् । रूसमा लोकप्रिय एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत मुलुक अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका सहरहरूमा हुने सिधा उडानहरूको बुधबारको टिकट पूरै बिक्री भएका छन् ।
टर्किस एयरलाइन्सले आफ्नो वेबसाइटमा भनेको छ, ‘रूस जाने र आउने उडानहरूका लागि महत्वपूर्ण गन्तब्य रहेको इस्तानबुल विमानस्थलका का लागि शनिबारसम्म सबै टिकट बुक भएका छन् ।’ बेलग्रेडको लागि अर्को उपलब्ध एयरसेर्बियाको उडान सेप्टेम्बर २६ को लागि मात्र उपलब्ध रहेको बताइएको छ ।
गुगलको तथ्यांकअनुसार रूसमा ‘टिकट’ र ‘उडान’का लागि गरिएको खोजीमा स्थानीय समयअनुसार बुधबार ६ ः०० बजेपछि दोब्बरभन्दा बढी भएको छ । ‘रुस छोड्न’ अनुरोध सामान्य समयको तुलनामा बिहानको समयमा १०० गुणा बढी गरिएको गुगल ट्रेन्ड्सको तथ्यांकले देखाएको छ ।
पुटिनले युक्रेनमा मस्कोको ‘विशेष सैन्य अभियान’ को घोषणासँगै रूस र युरोपेली संघबीचको उडान बन्द भएको थियो । लडाइँको सुरुवातले रूसीहरूमाझ सैन्य शासन लागू गर्न सकिन्छ कि भन्ने चिन्ता उत्पन्न भयो र दशौं हजार मानिसहरू रूसको छिमेकी देशहरूमा पलायन भए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया