Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसाइमेक्स इंक नेपाल–चीन फ्रेन्डसिप फुटबल खेलको प्रायोजक

साइमेक्स इंक नेपाल–चीन फ्रेन्डसिप फुटबल खेलको प्रायोजक


काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गरेको छ ।

चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा शनिबार दशरथ रंगशालामा आयोजित सो खेललाई कम्पनीले प्रयोजन गरेको हो । स्प्रिङ फेस्टिभल अर्थात् वसन्त पर्व समेत भनिने चाइनिज न्यु इयरको अवसरमा सो फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबीच प्रतिस्पर्धा भएको थियो । यस प्रकारको प्रतिष्ठित इभेन्टको मुख्य प्रायोजकको नाताले साइमेक्स इंक प्रालिले दुई देशबीचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने जनाएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया