Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदएकदिवसीय क्रिकेट : अनिल र भिमको शतकमा नेपालको उत्कृष्ट जित

एकदिवसीय क्रिकेट : अनिल र भिमको शतकमा नेपालको उत्कृष्ट जित


काठमाडौं, क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले उत्कृष्ट जित निकालेको छ । क्यानडाले दिएको  दुई सय ३३ रनको लक्ष्य नेपालले ४४।३ ओभरमा  १ विकेटमा गुमाएर पुरा ग¥योे । नेपालका लागि भिम सार्की र ओपन अनिल शाहले शतकिए पारि खेली नेपाललाई जित दिलाए । अनिल शाहले १२४ बलमा ११२ रन नट आउट प्रहार गर्दा भिम सार्कीले पनि १२९ बलमा १०१ रन नटआउट प्रहार गरि खेल नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल । अर्का ओपनर कुशल भुर्तेलले १३ हानेका थिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनाएको थियो । क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ५० रन जोडेका हुन् ।

त्यस्तै क्यानडाका अर्का ओपनर निखिल दत्तले ४५ रन बनाए भने कप्तान साद बीन जाफरले ३१ रन बनाए । हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामी र कुशल मल्लले समान दुईरदुई विकेट लिए भने ललित राजवंशी र अकाश चन्दले समान एकरएक विकेट लिए ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उक्त सिरिजको क्लिन स्वीप गरेको छ ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया