Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुद‘भ्यालेन्टाइन डे’ को अवसरमा हट एयर बेलुनमा १४ प्रतिशत छुट

‘भ्यालेन्टाइन डे’ को अवसरमा हट एयर बेलुनमा १४ प्रतिशत छुट


काठमाडौं । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ । बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर ल्याएको हो ।

सो अफर फेब्रुअरी २० सम्म लागू हुने कम्पनीका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । उनका अनुसार आधा घण्टा उडानको नेपाली पर्यटकले ९५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । अहिले १४ प्रतिशत छुट पाउँदा आठ हजार एक सय ७० रुपैयाँमा हट एयर बेलुन उड्न सकिनेछ । छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नुपर्नेछ । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो । जमिनको सतहबाट नौ हजार फिटसम्म उड्न सकिने यसबाट पोखरा सहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमशृङ्खला हेर्न सकिन्छ । यस्तै, फिसटेल, अन्नपूर्ण तथा धौलागिरि हिमशृङ्खलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया