Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदटी–२० आई त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित 

टी–२० आई त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित 


काठमाडौँ, त्रिकोणात्मक टी(२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल नेदरल्याण्ड्सँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको  एक सय ८५ रनको लक्ष्य  नेदरल्याण्ड्सले ६ विकेट गुमाएर पुरा ग¥यो । नेदरल्याण्ड्सका लागि
माइकल लेविट ५४,स्याब्रान्ड एंगेलब्रेक्ट ४८,विक्रमजीत सिंह २९,म्याक्स वोडाउड २२ र टिम भ्यान डर गुग्टेनले २१ रन प्रहार गरि टिमलाई जिततर्फ अगाडी बढाए । नेपालका लागि कुशल मल्ल ४ विकेट,दिपेन्द्र सिंह ऐरि १ र अभिनास बोहोराले १ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए ।
दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् ।
पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छरछ रन बनाए ।नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र  साइब्राण्ड एङ्गलब्रेक्टले समान दुई/दुई विकेट लिए । योसँगै टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सले जित्न सफल भएको छ ।

क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया