Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालफेरि बन्द भए दोलखाका धार्मिक स्थल

फेरि बन्द भए दोलखाका धार्मिक स्थल


दोलखा ।
दोलखाको प्रमुख पर्यटकिय तथा धार्मीक स्थल खुलेको छ महिना नबित्दै फेरि बन्द भएका छन् । छिमेकी देश भारतमा कोरोना भाइरस तीब्र रूपमा फैलिएकोले नेपालमा पनि उच्च जोखिम रहेको भन्दै दोलखाका धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक र भिमेश्वर मन्दीर लगायतका धार्मिक स्थल फेरि बन्द गरिएको हो ।

भिमेश्वर मन्दिर र कालिन्चोक मन्दिरमा अत्यधिक भिडभाड हुने हुँदा कोरोना भाइरसको संक्रमण रोक्न अर्को सूचना नहुदा सम्मको लागी मन्दिर बन्द गरिएको जिल्ला प्रशासनको कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी मन्दिर बन्द भएपछि कालिन्चोक कुरीमा सञ्चालित केवलकार समेत बन्द भएको छ । जिल्लाको प्रशिद्ध धार्मीक स्थल कालिन्चोक भगवती मन्दिर दर्शनका लागी प्रयोग हुँदै आएको केवलकार आइतबारबाट बन्द गरिएको हो ।

देशमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको अवस्थामा आन्तरिक पर्यटकको भीडभाड बढेको भन्दै जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले केबलकार बन्द गर्ने निर्णय गरेको थियो । समितिको निर्णयानुसार आइतबारबाट केवलकार सेवा बन्द गरिएको कालिन्चोक दर्शन लिमिटेडले जानकारी दिएको छ । पर्यटकिय धार्मीक स्थल कालिन्चोक मन्दिर, दोलखा भीमेश्वर मन्दिर लगाएतका भक्तजनको भीड लाग्ने मन्दिर, गुम्बा सर्वसाधारण भक्तजनका लागी बन्द गर्ने निर्णय गरेको थियो।

बाहिरबाट घुम्न आएका पर्यटकको भीडभाड रोक्न वैशाख मसान्तसम्म केबलकार बन्द गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । दोलखामा अहिले पनि एक जना सक्रिय कोरोना संक्रमित रहेकोले जिल्लामा जोखिमनै रहेको तथा भारत र काठमाडौमा रहेका दोलखाका नागरिक गाउँ आउन थालेकाले भिडभाड हुने क्षेत्र बन्द गरिएको हो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

ताजा अपडेट