स्पिकर फिर्ता नदिएको निहुँमा साथीको हत्या
दोलखा । सामान्य स्पिकर फिर्ता नदिएको निहुँमा तीन जना युवक मिलेर आफ्नै साथीको हत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले भीमेश्वर नगरपालिका वडा नम्बर–३ का १६ वर्षीय साहिल तमाङको हत्यामा संलग्न उनकै साथीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्बर–३ का २० वर्षीय पुष्कर थामी, सोही वडाका ११ र १३ वर्षीय दुईजना नाबालक रहेको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै तामाङको हत्या संलग्नहरूको बारेमा जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता एवं प्रहरी निरीक्षक अञ्जन कोइरालाका अनुसार गत शुक्रबार दिउँसो तामाङको शव आधा गाडिएको तथा हातखुट्टा र अनुहार छोपिने गरी मेडिकल टेपले बेरिएको अवस्थामा फेला परेको थियो । बाँदर लखेट्ने क्रममा स्थानीयले आधा गाडिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पहिचान नभएको शव फेला परेपछि चारैतिर शव पहिचानका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो । आफन्तले मृतकको पहिचान गरेसँगै जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी गंगाप्रसाद पौडेलसहितको अनुसन्धान टोलीले घटनाको प्रारम्भिक अनुसन्धान थालेको थियो ।
प्रहरीका अनुसार हत्यामा संलग्न र मृतक चारै जना मिल्ने साथी भए पनि मृतक तामाङ र थामीबीच स्पिकरको विषयमा विवाद भएको थियो । दुई हजार पाँच सय रूपैयाँ पर्ने उक्त स्पिकर तामाङले लिएर फिर्ता गरेका थिएनन् । तामाङले स्पिकर फिर्ता गर्न आलटाल गरेपछि थामीले अन्य दुई जना मिलेर उनको हत्या गरेको बयान दिएका छन् ।
गत फागुन ७ गते शनिबार मृतक तामाङसहित चारै जना सिकार खेल्न भन्दै जंगलमा गएका थिए । सोही समयमा तामाङ र थामीबीच स्पिकर फिर्ता नदिएको विषयमा झगडा भएको थियो । झगडा हुँदा थामीले तामाङको टाउकोमा लौरोले प्रहार गरेपछि उनी अचेत भएका थिए । अचेत भएको साथीलाई थामीले दुई साथीसँग मिलेर हातखुट्टा र नाकमुख पूरै छोपिने गरी अनुहारमा मेडिकल टेपले लगाई खाल्डो खनेर गाडेको प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ । हत्याको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया