काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सीएनआई एक्स्पो २०२३’ हुने भएको छ ।
प्रदर्शनीमा प्रदेश नं. १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेसिनरीहरुको प्रदर्शनी एवं बिक्री समेत हुने बताइएको छ । यसका साथै प्रदर्शनीमा नयाँ सञ्चार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानहरुको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुनेछ । कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि समेत महत्वपूर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने परिसंघले जनाएको छ । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नयाँ लगानीकर्ताहरु समेत आकर्षित हुने आयोजकको विश्वास छ ।
परिसंघका अनुसार स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना छ । प्रदर्शनीमा विविध मनोरञ्जन, सांस्कृतिक कार्यक्रम तथा फनपार्क समेत समावेश गरिनेछ । प्रदर्शनी आगामी माघ १९ देखि माघ २८ गतेसम्म विराटनगर महानगरपालिका वडा नं २ स्थित शंकरपुरमार्गमा सञ्चालन गरिनेछ । यस प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने आयोजकको विश्वास छ । प्रदर्शनीमा औद्योगिक उत्पादनहरु, कृषिका आधुनिक यन्त्र, उपकरणहरु, अटोमोबाइल्स, उत्पादन र सेवामूलक उद्योगका सामग्रीहरु, शैक्षिक, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिनेछ । प्रदर्शनीस्थलमा आधुनिक चारवटा डोम र तीन सय ५० स्टलहरु रहनेछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया