सूर्य दूधराजसहितको एकल चित्रकला प्रदर्शनी
काठमाडौं । काठमाठौको बबरमहलस्थित नेपाल कला परिषद्मा सूर्य दूधराजसहित तीन जनाको एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यद्वारा उद्घाटन गरिएको चित्रकला प्रदर्शनी असोज ७ गतेसम्म चल्नेछ ।
दूधराजसँगै आरसी महर्जन र सुरक्षा वाग्लेले कोरेका चित्रलाई प्रदर्शनीमा राखिएको छ । तीन जनाले छुट्टाछुट्टै कोरेको चित्रलाई बबरमहलमा प्रदर्शनीमा राखिएको हो । सानैदेखि चित्र कोर्न मन पराउने दूधराज २०६३ सालदेखि पेशागत रूपमा चित्रकलामा अभ्यस्त छन् । सामूहिक रूपमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चित्रकला प्रदर्शनी गरेको भए पनि एकल चित्रकला प्रदर्शनी भने यो नै पहिलो भएको दूधराजले बताए ।
ललितकला क्याम्पसबाट ब्याचलर इन फाइन आर्ट सकेका दूधराज गोदावरी नगरपालिका ११ का बासिन्दा हुन् । उनले यो प्रदर्शनीमा १० हजार रुपैयाँदेखि ६० हजार रुपियाँसम्म मूल्य भएका ११ वटा चित्र राखेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया