राजविराज । सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरी भारुवामा फलफूल र तरकारीका लागि निर्माण थालिएको शीतभण्डार अहिले अलपत्र अवस्थामा रहेको छ ।
जिल्ला सहकारी संघ लिमिटेडमार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त शीतभण्डारको विगत अढाई वर्षदेखि निर्माणकार्य पूर्णरुपले ठप्प रहेको पाइएको छ । नगरपालिकाले वडा नं १५ देउरी भरुवामा शीतभण्डार निर्माणका लागि एक बिघा जग्गा दिए पनि ठेकेदारको लापरवाहीले गर्दा समयमा निर्माण हुन सकिएको छैन । सो शीत भण्डारको क्षमता तीन हजार मेट्रिक टन रहेको छ ।
जिल्ला सहकारी संघले सहकारी संस्थाको व्यवस्थापन विस्तार एवं यहाँ उत्पादित कृषिउपजको भण्डार र व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कार्य अगाडि बढाइएको थियो । वि.सं. २०७५ फागुनमा शिलान्यास गरी निर्माण थालिएको शीतभण्डारको काम ३० प्रतिशत मात्र भएको छ । शीतभण्डार निर्माणको कामको शर्मा आशिष ओम साइराम, सानोठिमीले ठेक्का लिएको छ । संघका प्रबन्धक रमेशप्रसाद गुप्ताले शीतभण्डारबाट हजारौँ किसानले लाभ लिनसक्ने जनाउँदै शीघ्र निर्माण सम्पन्न गर्न पहल गर्नुपर्ने बताए ।
संघीय सरकारले बजेट निकासा नगरेका कारण काम रोकिएको उनले जानकारी दिए । उनले भने, ‘संघीय र प्रदेश सरकारले समयमा अनुदान रकम दिएका छैनन्, संघीय सरकारको ६०, संघ संस्थाको २० तथा स्थानीय तथा प्रदेश सरकारको २० प्रतिशत रकम रहने गरी शीतभण्डारको निर्माण थालिएको थियो ।’
संघीय सरकारले समयमा शीतभण्डारका लागि बजेट नदिएका कारण निर्माण व्यवसायले समेत भुक्तानी नपाएको भन्दै काम रोकिएको जनाएको छ । तराईको नवलपरासी र सप्तरीको देउरी भरुवामा एकै समयमा निर्माण थालिएको शीतभण्डार नवलपरासीमा निर्माण सम्पन्न भइसकेको बताइएको छ । यहाँ सरकारले समयमा बजेट नदिएका कारण निर्माणमा अवरोध भएको सहकारी संघका निर्देशक गुप्ताको भनाइ छ । अहिले शीतभण्डारका लागि जग्गामा माटो भराई, वण्डीबाल र फलामको पिलर ठड्याउने कामबाहेक अरु काम अगाडि बढ्न नसकिएको स्थानीयवासीले बताएका छन् ।
स्थानीय रामकुमार यादवले किसानको आशाका रुपमा रहेको शीतभण्डार समयमा निर्माण हुन नसकिएका कारण आफूहरु निराश भएको बताए । किसानको हितमा निर्माण भइरहेको यो शीतभण्डार राजनीतिक कारण पछाडि परेको भन्दै यहाँ र आसपासमा उब्जाएका तरकारी कतै राख्ने ठाउँ नभएको उनले गुनासो गरे ।
जिल्लामा एकमात्र निर्माण थालिएको शीतभण्डार बजेट अभाव भएको भन्दै निर्माण नै ठप्प पारेपछि किसानको आशा निरासामा परिणत भएको अर्का सोही ठाउँका किसान हरिकुमार मण्डलले बताए । विसं २०७५ मङ्सिर १५ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र तत्कालीन मधेश प्रदेशका कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले यहाँका शीतभण्डारको शिलान्यास गरेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- लुम्बिनी प्रदेशमा सरकार विस्तार
- तातोपानी भन्सारमा नौ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
- मधेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
- राष्ट्रपतिद्वारा अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी
- अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको छ: मन्त्री भण्डारी
- पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नगरेका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने
- कपिलेश्वरमा जलिरहेको अवस्थामा युवतीको शव फेला
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया