Techie IT
×
गृहपृष्ठबिबिधडीएभी कलेजले फुटसल प्रतियोगिता आयोजना गर्ने

डीएभी कलेजले फुटसल प्रतियोगिता आयोजना गर्ने


काठमाडौं । ललितपुरको जावलाखेलमा अवस्थित डीएभी कलेजले ठूलो धन राशीको कलेजस्तरीय चौथो फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गत वर्षको पुरस्कार राशीमा वृद्धि गरी विजेता टिमलाई तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई दुई लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने कलेजले उल्लेख गरेको छ । यही माघ २० गतेदेखि २२ गतेसम्म ऐतिहासिक रूपमा सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया