Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षापाटन कलेज फर प्रोफेसनल स्टडिजको दीक्षान्त समारोह

पाटन कलेज फर प्रोफेसनल स्टडिजको दीक्षान्त समारोह


काठमाडौं । ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडिजले दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा क्याम्पसका बीएससी कम्प्युटर साइन्स एन्ड साफ्टवेयर इनजिनियरिङ र बीबीए अध्ययन गरेका ६८ विद्यार्थी दीक्षित भएका थिए ।

दीक्षान्त समारोहमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएको ज्ञान र सिप स्वदेशकै उन्नतिका लागि प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरिन् । पछिल्लो समय युवा पलायनको दर बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नेपालमा भएका अवसरहरूको पहिचान गर्न र मुलुकप्रति योगदान गर्न युवा पुस्तालाई अनुरोध गरिन् । सरकार रोजगारीको अवसर सिर्जना गर्न दत्तचित्त भएर लागि परेको भन्दै उनले यसमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइन् । दीक्षान्त समारोहमा नेपाल ब्रिटेन चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षाले देशमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जिम्मेवारी बोध गर्न आग्रह गरे ।

त्यसैगरी क्याम्पसका अध्यक्ष ई. पंकज जलानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । स्टडिजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरूलाई छात्रवृति दिँदै आएको छ । पाटन कलेज फर प्रोफेसनल स्टडिज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया