Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेमाओवादी नेताको आडमा लघुवित्त पीडित संसद भवन छिरेको खुलासा !

माओवादी नेताको आडमा लघुवित्त पीडित संसद भवन छिरेको खुलासा !


काठमाडौं, कडा सुरक्षा घेराभित्र रहेको सङ्घीय संसद् भवन परिसर भित्र माओवादी नेताको घुसपेटमा लघुवित्त पिडीतहरु प्रवेश गरेको खुलासा भएको छ । लघुवित्त पिडीतहरु सिंहदरबार छिर्नुभन्दा पहिले काठमाडौंको सिफलमा गरेको कार्यक्रममा माओवादी केन्द्रका नेताहरुले उनीहरुको आन्दोल प्रति ऐक्यबद्दता जनाएका थिए ।

सिफलको चौरमा भएको आन्दोलनको कार्यक्रममा माओवादी केन्द्रका नेताहरु महेश्वर दाहाल,रामप्रसाद भट्टराई,रजमान तामाङ र शंकर दुलाल लगाएतका नेताहरु सहभागि भएका थिए । उनीहरुले लघुवित्त पिडीतहरुलाई आवश्यक सामाग्री सहित खाद्ययन्न सामाग्री वितरण गरेका थिए । सोमबार नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा झन्डै तीन दर्जन प्रदर्शनकारीहरू प्रवेश गर्दा भित्र राष्ट्रिय सभाको बैठक चलिरहेको थियो ।

संसद् भवन परिसरमा लघुवित्त पीडित प्रवेश गरेको घटनाबारे छानबिनका लागि अनुसन्धान टोली गठन गरेपनि कुनै निष्कर्ष नदेखिने देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री र माओवदीकै नेता गृहमन्त्री भएको बेला लघुवित्त पिडीतहरुले सुरक्षा घेरा सजिलै तोडेर भित्र छिर्नुलाई सुरक्षा पदाधीकारीसँग मिलर घुसपेट गरेको हुनसक्ने आकलन गरिएको छ ।


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया