Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधजबरजस्ती करणी अभियोगमा चार जना पक्राउ

जबरजस्ती करणी अभियोगमा चार जना पक्राउ


काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानका चार जना पक्राउ परेका छन् । दाङ, झापा, बागलुङमा गरी तीन स्थानबाट चार जना पक्राउ परेका हुन् ।

दाङस्थित १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर नगरपालिका हरिपौरा बस्ने २१ वर्षीय अशोक चौधरी समेत गरी दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही नगरपालिका–११ गैरागाउँस्थित नर्सरीमा लगेर शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।

बागलुङस्थित १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठेखोला गाउँपालिका लेखानी बस्ने ४० वर्षीय होम बहादुर पुनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पुनले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका–५ कर्लिमस्थित खाली घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धम्जाबिहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापास्थित ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका बस्ने भारत बलिया थाना घर भएका ५० वर्षीय अजय गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गुप्ताले ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया