Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधहजारका नक्कली नोटसहित एक जना पक्राउ

हजारका नक्कली नोटसहित एक जना पक्राउ


बारा । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजारबाट एक हजार दरको ६१ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । सर्लाही चन्द्रनगर नगरपालिका बस्ने ४४ वर्षीय राम चन्द्र महत्तोलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महत्तोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया