Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधब्राउन सुगर र पेस्तोलको गोलीसहित चार जना पक्राउ

ब्राउन सुगर र पेस्तोलको गोलीसहित चार जना पक्राउ


काठमाडौं । लागुऔषध ब्राउन सुगर र पेस्तोलमा लाग्ने गोलीसहित चारजना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीबाट सोही नगरपालिकाका ३१ वर्षीय सुरेश उप्रेती, सोही स्थानका लायेक लिम्बु, प्युठान घर भई भक्तपुर सिरुटार बस्ने मनोज थापा र भारत मधुवन घर भई काठमाडौंको सिनामंगल बस्ने सञ्जय मेहता पक्राउ परेका हुन् ।

उनीहरुलाई प्रहरी प्रभाग लुभुका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोषकुमार बुढाथोकीको टोलीले प्रक्राउ गरेको ललितपुर प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा चाँगाथलीका नन्दकुमार कन्दङ्वाको घरबाट उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरिएको थियो ।

उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर, पेस्तोलमा लाग्ने दुई थान गोली अन्य अवैध सामान बरामद गरिएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया