Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधपोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । दाङ घोराही उपमहानगरपालिका–१२ घर भई काठमाडौं सामाखुशी बस्ने ३० वर्षीया मन्जु रावत घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घर्तीले तीन जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया