Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधमृत्यु भइसकेका मान्छेको पेन्सन झिकेको आरोपमा एक व्यक्ति पक्राउ

मृत्यु भइसकेका मान्छेको पेन्सन झिकेको आरोपमा एक व्यक्ति पक्राउ


काठमाडौं । प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगीलाई मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।

बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका उनले पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको देखाएर कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैंले पेन्सन लिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध


तपाईको प्रतिक्रिया