Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधकास्की प्रहरीद्वारा बालबिबाह मुद्दामा फरार दुई महिला पक्राउ

कास्की प्रहरीद्वारा बालबिबाह मुद्दामा फरार दुई महिला पक्राउ


कास्की । बालबिबाह मुद्दामा फरार रहेका अन्नपूर्ण गाउँपालिकाका सरस्वती विक र विनिता सुनार दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

सरस्वतीलाई ३ महिना कैदसहित २ हजार ५ सय रुपियाँ जरिवाना र पीडित राहत कोषमा दुईसय रुपियाँ दाखिला गर्न जिल्ला अदालत कास्कीले माघ १० गते फैसला गरेको थियो । त्यसमा उनले २ महिना १८ दिन कैद सजाय र २ हजार ७ सय रुपियाँ भुक्तान गर्न बाँकी छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीले बिनिता सुनारको हकमा ३ महिना कैद सजाय र २ हजार ५ सय जरिवाना २ सय भुक्तान गर्न बाँकी भइ फरारको सूचीमा रहेको जानकारी दिएको छ । पोखरा महानगरपालिका–१ हरिचोकबाट उनीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया