पर्यटनसम्बद्ध मजदुरलाई टानद्वारा राहत वितरण
पोखरा, वैशाख १५
अट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलले पर्यटन मजदुरलाई राहत वितरण गरेको छ । टानमा आबद्ध १ सय ६० कम्पनीलाई पत्राचार गरेर कम्पनीमा आबद्ध अतिविपन्न मजदुरको नाम संकलन गरेर राहत वितरण गरेको बताइएको छ । लकडाउनले पर्यटनसम्बद्ध विशेषगरी पथप्रदर्शक र भरियाका रुपमा काम गर्दै आएका ८६ मजदुरलाई आइतबार राहत प्रदान गरेको टानका सचिव जीवन सापकोटाले जानकारी दिए ।
उनका अनुसार प्रत्येक मजदुरलाई एक हजार चार सय रुपैयाँबराबरको राहत दिएको छ । राहतमा १५ किलो चामल, दुई किलो दाल, एक पोका चना, मस्यौरा, एक लिटर तेल, नुन र साबुन प्रदान गरिएको छ । पोखरामा कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनले छाक टार्न समस्यामा परेका पदयात्रा पर्यटनसम्बद्ध मजदुरलाई राहत प्रदान गरेको उनको भनाइ छ । ‘देशका विभिन्न जिल्लाबाट पोखरामा आएर पथप्रदर्शक र भरियाका रुपमा कार्यरत मजदुरको वर्तमान अवस्थालाई ध्यान दिएर ८६ जनालाई राहत वितरण गरेका हौँ’, उनले भने ।
पोखरामा हाल अनुमतिपत्र प्राप्त पथप्रदर्शक र भरिया गरी करिब एक हजार पाँच सय जना मजदुर रहेका छन् । तीमध्ये पनि अतिअसहज अवस्थामा दैनिकी गुजारिरहेका मजदुरको पहिचान गरेर राहत वितरण गरेको टान अध्यक्ष हरि भुजेलले जानकारी दिए । ‘राज्यले लागू गरेका टिम्समा (ट्रेकिङ इन्फरमेसन म्यानेजमेन्ट सिष्टम) नेपाल पर्यटन बोर्ड र टानबीच सम्झौता भएर मजदुर कल्याणकारी कोषका लागि १० प्रतिशत छुट्याए पनि त्यो रकम मजदुरको कल्याणका लागि खर्च भएको छैन, अहिलेको विषम अवस्थामा मजदुरलाई त्यो कोषबाट राहत दिनुपर्छ ।’
टानका प्रथम उपाध्यक्ष सुशीलराज पौडेलले लकडाउन खुले पनि पर्यटकको आगमन तत्काल हुन नसक्ने भन्दै सरकारले पदयात्रा व्यवसाय सञ्चालकलाई पनि विशेष प्याकेज ल्याएर राहत दिनुपर्ने बताए । टानले पोखरा महानगरपालिकाको राहत कोषका लागि ५० हजार र वडा नं ६ का वडालाई ५० हजार गरी नगद एक लाख सहयोग गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया