अर्थतन्त्र चलायमान बनाउन उद्योग सञ्चालन गर्न दिन सरकारलाई चेम्बरको सुझाव
काठमाडौं, वैशाख १९
नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगहरु सञ्चालन गर्न दिन सरकारलाई सुझाव दिएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई विषयगत समष्टिगत सुझाव हस्तान्तरण गर्दै लकडाउनलाई विस्तारै भौतिक र असर कम भएको ठाउँमा खुकुलो बनाउँदै उद्योगहरु सञ्चालन गर्न दिन आग्रह गरेको हो । तर काठमाडौंमा भएको मान्छेलाई बाहिर जान र बाहिरको मान्छेलाई पनि काठमाडौं आउन भने दिन नहुने चेम्बरको भनाइ छ । यहाँ उद्योग खुल्यो भने मजदुरहरुले यहीँ रोजगारी पाउने हुँदा मजदुरहरुलाई पनि राहत मिल्ने चेम्बरको सुझाव छ ।
चेम्बरले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपालको अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभावबारे नेपाल चेम्बर अफ कमर्सले अर्थ मौद्रिक तथा वित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य क्षेत्रलाई पुनरुत्थान गर्न तयार गरेको विषयगत समष्टिगत बुँदा र सुझाव मुख्यसचिव रेग्मीलाई बिहीबार हस्तान्तरण गरेको हो । मुख्यसचिव रेग्मीले समष्टिरुपमा आएको सुझावलाई अध्ययन गरेर यसलाई अब आउने बजेटमा समावेश गर्ने बताए । उनले लकडाउन पनि भारतको अवस्था हेरेर निर्धारण गरिने बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया