धनबहादुर जप्रेल
कञ्चनपुर, वैशाख २२
भीमदत्त नगरपालिकाले सात हजार मजदुर र विपन्न परिवारलाई राहत वितरण गरेको छ । विश्वभरमा महामारीका रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गरेको हो ।
भीमदत्त नगरपालिकाले संघीय सरकारले निर्देशन गरेअनुसार एकद्वार नीतिअनुरुप नै राहत वितरण गरिरहेको नगरपालिकाका कार्यकारी अधिकृत हरि सिंह धामीले बताए । सबै वडामा रहेका विपन्न, असहाय र दैनिक ज्याला मजदुरी गर्ने परिवारको तथ्यांक संकलन गरी एकद्वार प्रणालीमार्फत राहत प्रदान गरिएको उनको भनाइ छ ।
नगरपालिकाले राहतमा चामल, दाल, तेल, नुन, साबुन, लगायतका सामग्रीहरु वितरण गरेको छ भने यसका साथै विभिन्न स्वास्थ्य सामग्रीहरु समेत भीमदत्त नगरपालिकाले वितरण गरेको छ । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने मापदण्ड बनाएपछि गत चैत अन्तिम सातादेखि नगरपालिकाले राहत संकलन र वितरण सुरु गरिएको थियो । भीनपा ११ का वडा अध्यक्ष प्रेम प्रसाद जैसीको नेतृत्वमा राहत वितरणका लागि समिति गठन गरी कार्य सुरु गरिएको थियो ।
भीमदत्त नगरपालिकाका १९ ओटै वडाका ६ हजार ७ सय ७१ परिवारलाई राहत वितरण गरिएको छ । भीनपा कार्यालयका अनुसार राहत पाउनेमा वडा नं. १ मा ३ सय १० परिवार, वडा नं. २ मा एक सय ३५ परिवार, वडा नं. ३ मा ३ सय २५ परिवार, वडा नं. ४ मा ७ सय ७६ परिवार र वडा नं. ५ मा ३ सय ७६ परिवारले राहत पाएका छन् ।
यसैगरी वडा नं. ६ मा ३ सय २० परिवार, वडा नं. ७ मा ४ सय परिवार, वडा नं. ८ मा २ सय परिवार, वडा नं. ९ मा ४ सय ९० परिवार, वडा नं. १० मा ७ सय परिवार, वडा नं. ११ मा १ सय ८० परिवार, वडा नं. १२ मा १ सय ७५ परिवारले राहत पाएका छन् । यसैगरी भीनपा वडा नं. १३ मा १ सय ४४ परिवार, वडा नं. १४ मा १ सय ३४ परिवार, वडा नं. १५ मा १ सय ४५ परिवार, वडा नं. १६ मा एक सय परिवार, वडा नं. १७ मा एक सय परिवार, वडा नं. १८ मा १ हजार ६ सय परिवार र १९ मा १ सय ६१ परिवारलाई राहत वितरण गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले लकडाउनका कारण समस्यामा परेका विपन्न, मजदुर परिवारलाई राहत दिने नीतिअनुसार सबै वडाबाट तथ्यांक संकलन गरी राहत उपलब्ध गरिएको बताए । नगरपालिका कार्यालयले विभिन्न क्षेत्रबाट सहयोग स्वरुप आएको र खरिद गरी लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत उपलब्ध गराएको हो ।
विभिन्न संघ/संस्थाले नगरपालिकालाई खाद्यान्नलगायतका राहत सामग्री सहयोग गरेका थिए । कोरोना रोकथामका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा विभिन्न क्षेत्रबाट नगद सहयोग समेत संकलन गरिएको छ । नगरपालिकाले पाँचौँ नगर सभाबाट विपद् व्यवस्थापनका लागि कोष स्थापना गर्ने निर्णयअनुसार विपद कोषमा नगरपालिकाबाट ६१ लाख जम्मा गरिएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया