गाउँपालिकाद्वारा चार लाख बढीको राहत वितरण
महेन्द्र शाही
सोलुखुम्बु, जेठ ७
खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चार लाख बढीको राहत वितरण गरेको छ । अहिलेसम्म गाउँपालिकाले चार लाख १४ हजार पाँच सय ४० रूपैयाँको राहत वितरण गरेको हो । कोरोनाले देश लकडाउन भएको समयमा पालिकाले राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिकाभित्रका विपन्न र ज्यालादारी गर्ने नागिरकहरूलाई चामल र नुन वितरण गरेको आचार्यको भनाइ छ ।
उनका अनुसार पालिकाभित्रका पाँच सय ६४ घर परिवालाई राहत वितरण गरिएको छ । रातह स्वरूप प्रत्यक घर परिवारलाई १५ किलो चामल र २ किलो नुन राहत स्वरूप वितरण गरिएको गाउँपालिकाले जनाएका छ । पाँच सय ६४ घर परिवारलाई आठ हजार चार सय ६० किलो चामलका लागि तीन लाख ८० हजार सात सय रूपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै पाँच सय ६४ घर परिवारलाई एक हजार एक सय २८ किलो नुनका वितरण गरिएको छ । त्यसका लागि ३३ हजार आठ सय ४० रूपैयाँ खर्च भएको जनाइएको छ । गाउँपालिकाले पालिकाभन्दा बाहिर रहेका नागरिकलाई भने उद्धार गर्न सकेन । तयारीमा ढिलाई हुँदा नागरिककको उद्धार गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । तयारी अन्तिम चरणमा पुगेको समयमा संघीय सरकारले उद्धारको कार्य रोकेकाले नागरिक ल्याउन नसकिएको गाउँपालिकाको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया