एनसीसी बैंकले नौ महिनामा कमायो एक अर्ब १६ करोड
काठमाडौं, असार १
नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी)को खुद मुनाफा सामान्यरूपमा बढेको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक अर्ब १६ करोड ५८ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब १६ करोड ४० लाख ३० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी नौ अर्ब ३५ करोड ३९ लाख १७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६६ अर्ब छ करोड ६० हजार रूपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ४९ करोड आठ लाख ६७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब ५० करोड ६२ लाख ६९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बंैंकमा दुुई दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा ६५ अर्ब ९७ करोड ९७ लाख ९९ हजार रूपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ८५ करोड नौ लाख ३२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब २३ करोड आठ लाख ६८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
- जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब १० अर्ब बीमाशुल्क
- पाँच महिनासम्म शून्य वैदेशिक अनुदान
- मन्त्री यादव न्युयोर्कमा
- जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया