Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा बेरोजगारी दर निरन्तर घट्दै

अमेरिकामा बेरोजगारी दर निरन्तर घट्दै


वासिड.टन डीसी, असार १९
अमेरिकाको बेरोजगारी दर जुन महिनामा घटेर ११.१ प्रतिशतमा झरेको रिपोर्ट सार्वजनिक भएको छ । विश्व महामारी कोरोनाले आक्रान्त अमेरिकामा सार्वजनिक पछिल्लो रिपोर्टले आर्थिक क्षेत्रमा सुधार आइरहेको देखाएको हो । श्रम विभागले बिहीबार रिपोर्ट सार्वजनिक गरेको अमेरिकी मिडियाले जनाएका छन् । यो अवधिमा ४८ लाख नयाँ रोजगारी समेत सिर्जना भएको बताइएको छ । विश्लेषकहरुले भने यो अवधिमा बेरोजगारी दर १२.३ प्रतिशत रहने र ३० लाख मात्रै रोजगारी सिर्जना हुने अनुमान गरेका थिए । मे महिनामा २७ लाख रोजगारी सिर्जना भएको थियो ।

अमेरिकी राज्यहरु लकडाउनबाट पुनः सामान्य अवस्थामा फर्किँदै गर्दा यसले आर्थिक गतिविधि बढेको हो । अमेरिकामा केही कम भएको कोरोना संक्रमण पुनः देखिन थालेको छ । कतिपय राज्यमा नयाँ संक्रमित ५० हजारले बढेका छन् । नयाँ संक्रमित देखिएसँगै कतिपय राज्यमा पुनः कडाइ थालिएको छ । कतिपय कम्पनीहरुले खुले पनि बन्द गर्न थालेका छन् । विभागको तथ्यांकअनुसार थप १४ लाख ३० हजारले बेरोजगार रहेको बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया