इराकमा जारी भ्रष्टाचारविरोधी आन्दोलनमा चार सय ८५ जना मारिए
बग्दाद, पुस ६
इराकमा अहिले भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४ सय ८५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । गत अक्टोबरको शुरुदेखि भइरहेको आन्दोलनका क्रममा २७ हजारभन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् । ‘ह्युम्यान राईट्स वाचडग’ले शुक्रबार दिएको जानकारीअनुसार आन्दोलनका क्रममा भएका झडप भागदौड आदीका कारण उनीहरुको मृत्यु भएको हो । इराकी मानवअधिकार सम्वन्धी स्वतन्त्र उच्च आयोगका सदस्य अलि अल बैयातीले यो विवरणको पुष्टि गरेका हुन् । आन्दोलनका क्रममा भएका प्रदर्शनहरुमा २ हजार ८ सय ७ जना पक्राउ परेका तीमध्ये अझै पनि १ सय ७ जना हिरासतमा रहेका बैयातीले बताए ।
अपरिचित बन्दुकधारीहरुले आमनागरिक र आन्दोलनकारी गरी कुल ४८ जनालाई अपहरण गरेका उनले थप जानकारी दिए । इराकमा हत्या र अपहरण जस्ता घटना पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । सरकार तथा भ्रष्टाचारविरोधी आन्दोलनमा सहभागी भएकाहरु, नागरिक अगुवाहरुलाई अपहरण गर्ने गरेको पाइएको उच्च आयोगका सदस्य बैयातीको भनाइ छ । आयोगले बग्दाद र अन्य सहरहरुमा हत्या तथा अपहरणका घटना बढ्दै जानसक्ने भन्दै नागरिक अगुवा, आन्दोलनकारी र सर्वसाधारणलाई सचेतसमेत गराएको छ । आयोगका अधिकारीहरुले सुरक्षा सतर्कका बढाउनु पर्ने खाँचो औल्याउदै निशस्त्र नागरिक तथा आन्दोलनकारी र अगुवाहरुको सुरक्षाको सुनिश्चितता गर्न पनि सरकार सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । सरकारको पुनर्गठनलगायत भ्रष्टाचार नियन्त्रण, रोजगारी सृजना, आर्थिक वृद्धि, सार्वजनिक सेवामा सुधार लगायतका माग राख्दै इराकमा आन्दोलन जारी रहेको छ । (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
- सरकारको नाममा गइसकेको जग्गा हडप्न दुगडसँग सेटिङ
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया