दोलखाका ३२ संक्रमितमध्ये २३ जना संक्रमणमुक्त
सुबास बस्नेत
दोलखा, भदौ २१
दोलखामा एक महिनाको अवधिमा २३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो एक सातामा मात्र १२ जनाले कोरोना जितेर घर फर्केका हुन् । दोलखामा बिहीबार चरीकोट अस्पतालको आइसोलेसनमा रहेका सात जना कोरोनाका बिरामीले कोरोना जितेर घर फर्किएका थिए भने शनिबार पनि सोही अस्पतालबाट गौरीशंकर र बिगु गाउँपालिकाभित्रका पाँच जना कोरोना संक्रमित निको भएर घर फर्केका हुन् ।
जिल्लाको चार स्थानीय तहबाट स्वाब संकलन गरिएका २३ जनाको दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएकाले उनीहरु घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । कोरोना संक्रमणमुक्त भएकाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चरीकोटका स्वास्थ्यकर्मीको टोलीले विदाइ गरेका थिए । प्रस्तावित चरीकोट अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले उनीहरुलाई कोरोना संक्रमणमुक्त भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
जम्मा ३२ जना संक्रमित रहेको दोलखा जिल्लामा अहिले नौवटा मात्र सक्रिय केस रहेको र उनीहरुको पनि अवस्था सामान्य रहेको जानकारी दिए । जिल्लामा हालसम्म एक हजार चार सय जनाको पीसीआर परीक्षण गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिकामा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ । गौरीशंकर गाउँपालिकाको सुरी र जुँगुमा १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
गौरीशंकर गाउँपालिकामा शुक्रबार थप एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । दोलखाबाट स्वाब संकलन गरिएकामध्ये शनिबारसम्ममा १२ महिला र २० पुरूष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया