धादिङ रुबीभ्यालीको पहिरोपीडितलाई त्रिपाल प्रदान
काठमाडौं, असोज १
धादिङको पहिरोपीडितलाई त्रिपाल प्रदान गरिएको छ । धादिङ ५ रुबीभ्याली गाँउपालिकाले कपुरगाँउ र तायुवम्तमको पहिरोपीडितलाई राहतस्वरूप त्रिपाल प्रदान गरिएको हो । गाँउपालिकाकी उपप्रमुख बिना लामाले पहिरोपीडितहरूलाई पानीबाट जोगिनको लागि भन्दै त्रिपाल प्रदान गरेको थिइन् । कपुरगाँउ र तायुम्वतमका करिब एक सय २० भन्दा बढी घरमा वर्षासँगै आएको पहिरोको कारण क्षति हुन पुगेको थियो । उक्त क्षेत्रका पीडितहरूलाई उपप्रमुख लामाले सहयोग वितरण गरेकी हुन् ।
रुबीभ्यालीका विभिन्न टोलमा पहिरोपछि पनि ढुंगा झर्ने, स–साना पहिरो खसिरहँदा स्थानीय त्रसित बन्न पुग्नुको साथै उनीहरू ढुक्कले घरमा बस्नसक्ने अवस्थमा समेत नरहेको पाइन्छ । पहिरोले घरमा क्षति पुगेसँगै स्थानीयहरू अन्यत्र सरेका छन् जसले गर्दा उनीहरूलाई त्रिपाल, जस्ता, खाद्यन्नलगायत अति आवश्यक वस्तुहरू आवश्यक परेको थियो भने त्यसको लागि विभिन्न संघसंस्था तथा स्थनीयले सहयोग समेत गरिरहेका छन् । विभिन्न संस्थाहरूको सहयोगमार्फत् प्राप्त भएको आर्थिक सहयोगबाट त्रिपाल किनेर वितरण गरिएको स्थानीय नरछिरिङ तामाङ (प्रशान्त)ले बताए । उनले धादिङ रुबीभ्याली गाँउपालिका मात्र नभएर धादिङका अन्य क्षेत्रका पहिरोपीडितलाई समेत सहयोग गर्ने मनसाय रहेको बताए ।
यस्तै पहिरोको जोखिम भने अझै रहेको बताइएको छ । वर्षाका कारण धादिङको विभिन्न स्थानहरू चिरा चिरा परेको कारण बस्तीहरू अझै जोखिममा रहेको छ । यसरी जोखिममा रहेका टोलहरूमा कपुरगाँउका साथै विकटोल, तीर, घेम्ताङ, छेदुङलगायतका रहेका छन् भने स्थानीयका अनुसार धादिङको विभिन्न स्थानमा अझै पनि करिब दुई सय ४० वटा घर पहिरोको जोखिममा रहेको छ । वर्षासँगै आएको बाढीपहिरोको कारण मुलुकका विभिन्न स्थानमा सर्वसाधारणको मृत्यु हुनुको साथै खाद्यन्न, त्रिपाललगायतका आवश्यक वस्तुहरूको समस्या भोग्नु परेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया