महामारीमा रगत अभाव परिपूर्ति गर्न प्रभु हस्पिटलको रक्तदान कार्यक्रम
काठमाडौं ।
कोरोना महामारीमा रगतको अभाव परिपूर्ति गर्न प्रभु हस्पिटल वीरगञ्जले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा सात महिलासहित ६४ जनाले रक्तदान गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले रक्तदाता रिन्कु गुप्तालाई रगतको पोका हस्तान्तरण गरी रक्तदान कार्यक्रमको प्रारम्भ गरेका थिए ।
कोरोना महामारीमा समयमै उपचार नपाएर गम्भीर भएका बिरामीलाई रक्तदानजस्ता सामाजिक कामले टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी तामाङले बताए । आफ्नो स्थापना दिवसको अवसरमा प्रभु हस्पिटलले ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा १४ वर्ष मुनिका बालबालिकालाई आश्विन ३० गतेसम्मका लागि निःशुल्क रुपमा ओपीडी चेकजाँच गर्ने अस्पतालका सञ्चालक डा. मनोज गुप्ताले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया