व्यावसायिक योजना निर्माणका लागि ‘बिज सूत्र’ मोबाइल एप
काठमाडौं ।
निड्स नेपाल प्रालिले डिजिटल प्रविधिमार्फत छिटोछरितो रुपमा व्यावसायिक योजना निर्माण गर्न ‘बिज सूत्र’ नामक मोबाइल एप तयार गरी बजारमा ल्याएको छ । यो एप स्मार्ट मोबाइल फोनमा प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गरी उद्यमको आकार हेरी आधादेखि दुई घण्टाभित्र व्यावसायिक योजना तुरुन्तै निर्माण गर्न सकिने कम्पनीको भनाइ छ ।
यस मोबाइल एपको प्रयोगबाट आफूले सञ्चालन गर्न चाहेको नयाँ व्यवसाय वा सञ्चालन भइराखेको व्यवसायकोे तथ्यांक तथा सूचनाहरू उद्यमी स्वयंले एपमा प्रविष्ट गरी तिनै तथ्यांक तथा सूचनाहरूको विश्लेषणको आधारमा एपमार्फत नै विशिष्ट ढाँचामा व्यावसायिक योजना स्वतः निर्माण हुन्छ । जुन योजनामा व्यवसायको व्यवस्थापकीय पक्ष, बजार योजना, वित्तीय विश्लेषण, व्यवसायको सबल पक्ष, अवसर तथा चुनौतीहरूजस्ता महत्वपूर्ण पक्षहरू समेटिएको छ । यसरी मोबाइल एपबाट प्रविष्ट गरिएका तथ्यांक तथा सूचनाहरूलाई निड्स नेपाल प्रालिको सर्भरमा सुरक्षित र व्यवस्थित गरिएको छ । जुन सूचनाहरूलाई भविष्यमा आवश्यकताअनुसार व्यवसायको तुलना गर्न तथा पुनरवलोकनको लागि प्रयोगमा ल्याउन सकिने कम्पनीको भनाइ छ ।
यसरी मोबाइल एपबाट प्रविष्ट गरिएका तथ्यांक तथा सूचनाहरूलाई निड्स नेपाल प्रालिको सर्भरमा सुरक्षित र व्यवस्थित गरिएको छ । जुन सूचनाहरूलाई भविष्यमा आवश्यकताअनुसार व्यवसायको तुलना गर्न तथा पुनरवलोकनको लागि प्रयोगमा ल्याउन सकिन्छ । कम्पनीका अनुसार यो मोबाइल एप नेपाली भाषामा तयार गरिएकोले प्रयोग गर्न सजिलो छ भने व्यावसायिक योजना निर्माण गर्ने विज्ञहरूको प्रत्यक्ष संलग्नतामा तयार गरिएकोे एप दर्जनौँ उद्यमीहरूले प्रयोग तथा परीक्षण गरी अत्यन्तै रुचाइएको र माग पनि बढ्दै गइरहेको छ ।
बिज सूत्र मोबाइल एपको प्रयोग गरी सरल र सहजरुपमा कम समय र लागतमा व्यावसायिक योजना तयार गर्न सकिन्छ जुन व्यावसायिक योजनाले बैंक तथा वित्तीय संस्थाहरूले तोकेको ढाँचालाई समेत समेटेको छ । अब व्यावसायिक योजना निर्माण गर्न लामो समय लाग्ने, बढी पैसा तिर्नुपर्ने र कसले योजना बनाइदेला भन्ने झन्झटबाट मुक्त गर्न सक्ने यसको प्रयोगबाट उद्यमीहरू मात्र नभएर व्यवसायमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरू, उद्यमी विकासका लागि सहयोग गर्ने विभिन्न सहयोगी संघ/संस्थाहरू, परियोजना, सरकारी तथा गैरसरकारी संस्थाहरूलाई पनि लाभ पुग्ने निड्स नेपाल प्रालिका अध्यक्ष सगुन पुडासैनीले बताए ।
नेपालका साना तथा मझौला उद्यमीहरूले लक्ष्यअनुसारको सफल व्यवसाय सञ्चालन गर्नका लागि धेरै खालका समस्याहरू भोगिरहेका छन्, जसमध्ये व्यावहारिक र प्रभावकारी व्यावसायिक योजना निर्माण नहुनु पनि एक महत्वपूर्ण समस्याको रुपमा रहेको छ । व्यावसायिक योजना निर्माणका लागि स्रोत साधनको अभाव तथा सूचनाको कमी, समय बढी लाग्ने, बैंक तथा वित्तीय संस्थाहरूले तोकेको ढाँचामा व्यावसायिक योजना तयार गर्न नसक्दा धेरैजसो व्यवसायीहरूले लगानीअनुरुपको प्रतिफल प्राप्त गर्न सकेका छैनन्, साथै सरकारले प्रावधान गरेका विभिन्न सेवा तथा सुविधाबाट पनि वञ्चित छन् । यिनै समस्या तथा आवश्यकताहरूलाई मध्यनजर गरी कम्पनीले बिज एप सञ्चालनमा ल्याएको जनाएको छ ।
यसका साथै कम्पनीले साना तथा मझौला उद्यमहरूको व्यवसाय प्रवर्द्धन र विस्तारका लागि व्यवसायीहरूको क्षमता अभिवृद्धि गरी उत्पादन लागत घटाई उनीहरूको दिगो विकासमा सहयोग पु-याउन उद्यम विकास सेवाहरू प्रदान गर्दै आएको छ । व्यावसायिक योजना निर्माण, व्यवसाय दर्ता तथा नवीकरण, लेखापरीक्षण, उद्यमशीलता विकास तालिम, बजारीकरण, बैंक तथा वित्तीय संस्थाबाट वित्तीय सेवाको लागि सहजीकरण, व्यवसायको सम्भाव्यता अध्ययन, व्यावसायिक स्वास्थ्य जाँच, उद्यमको प्रत्यक्ष अवलोकन तथा परामर्श, स्थानीय सरकारको कृषि उद्यम विकास केन्द्रित योजना निर्माण, उनीहरूको उद्यमहरूको प्रस्तावना तथा व्यावसायिक योजना निर्माण र मूल्यांकन गर्न प्रविधिक सेवाहरू पनि प्रदान गर्ने गरेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया