अम्बे स्टिल्सको कन्ट्राक्टर सम्मेलन
काठमाडौं ।
छड उत्पादक कम्पनी अम्बे स्टिल्सले कन्ट्राक्टर सम्मेलन सम्पन्न गरेको छ । शुक्रबार भक्तपुरको सल्लाघारीमा आयोजित उक्त कार्यक्रममा कम्पनीका तर्फबाट कन्ट्राक्टरहरुलाई नेपालमा टीएमटी छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरुबारे जानकारी प्रदान गरिनुका साथै टीएमटी छड बेण्डिङ्ग गर्ने तरिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका प्रतिनिधिले उच्च गुणस्तरको कच्चा पदार्थ नै राम्रो टीएमटी छड उत्पादनको प्रमुख स्रोत भएको, जसमा कच्चा पदार्थमा हुनपर्ने अत्यावश्यक तत्वहरुलाई उचित तवरले मिश्रण गरी त्यसमा आउने खराब तत्वहरु सल्फर फोस्फोरसलाई न्यूनीकरण गरेर बनाइएको कच्चा पदार्थलाई अत्याधुनिक प्रविधिको प्रयोगबाट बनाइएको टीएमटी छड नै निर्माणकार्यको लागि उपयुक्त मानिन्छ भन्ने कुराको जानकारी दिएका थिए ।
अम्बे स्टिल्सले आफ्नो भैरहवा र नेपालगञ्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४ सय टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउँदै आएको छ । यस कम्पनीबाट उत्पादित टीएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढी रुचाइएको छड भएको छ । हाल यसले एफई५००डी छड पनि उत्पादन गरी उपभोक्तामाझ पु-याउँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया