दोलखा ।
गरिब तथा विपन्न विद्यार्थीको हितमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले जिल्ला समन्वय समिति दोलखाका सदस्य बिदुर शर्माले शैक्षिक अक्षयकोषको स्थापना गरेका छन् । दोलखाको मेलुङ गाउँपालिकाभित्रका छवटा सामुदायिक विद्यालयमा उनले आफ्नो स्वर्गीय पिता हरिशंकर उपाध्यायको नाममा शैक्षिक अक्षकोष स्थापना गरेका हुन् ।
गाउँपालिकाभित्र रहेका गरिब जेहेन्दार तथा दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नको लागि अक्षयकोष स्थापना गरेको शर्माले बताए । मेलुङ गाउँपालिका भित्ररहेका ११ वटा विद्यालयमा अक्षयकोषको स्थापना गर्ने योजनाअनुसार छवटा विद्यालयमा कोषको स्थापना गरिसकेको उनले बताए । बाँकी पाँचवटा विद्यालयमा पनि चाँडै स्थापना गर्ने उनको भनाइ छ ।
लक्ष्मी मावि घ्याङ, भुमेस्थान मावि घ्याङ, चर्नावती निमावि घ्याङ, कालिका मावि सुकाठोकर, सत्यश्वर मावि पवटी र त्रिभुवन मावि मेलुङमा अक्षयकोष स्थापना गरिएको छ । अक्षकोष स्थापना गरिएको विद्यालयमध्ये पाँचवटामा एक लाख पाँच हजार रूपैयाँ र त्रिभुवन मावि मेलुङमा एक लाख ५१ हजार रूपैयाँको कोष स्थापना गरिएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया